लोकतन्त्र मास्ने सरकारको प्रपञ्च : दाङ कांग्रेस – Kanika Khabar
Friday, April 19Nepali News Portal

लोकतन्त्र मास्ने सरकारको प्रपञ्च : दाङ कांग्रेस

    मा प्रकाशित

 

कनिका डेस्क

बैशाख ११, दाङ ।

नेपाली कांग्रेस दाङले लोकतन्त्र रक्षाको एक मात्रै बलियो आधार ‘एकता’ रहेको जनाएको छ । एकता बिना लोकतन्त्र नरहने भन्दै कांग्रेसले जनताले ल्याएको शाशन लोकतन्त्र माथि खेलवाड नगर्न पनि कांग्रेसले आग्रह गरेको छ । तथापी सरकारका पछिल्ला केहि गतिविधिले लोकतन्त्रमाथि संकट पैदा गर्न खोजिएको निश्कर्ष पनि कांग्रेसले निकालेको छ ।

लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाङ कांग्रेसले नेपाली नागरिकको अथक प्रयासका बावजुत स्थापना भएको लोकतन्त्रलाई मास्ने चलखेल नेपाली नागरिकका लागि सैह्य नहुने उल्लेख गरेको छ । ‘लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र स्थापनामा अथक प्रयास गर्ने सबै नेपाली नागरिकहरुमा शुभकामना,’ दाङ कांग्रेसका सभापति किर्तिवहादुर खड्काले शुभकामना सन्देशमा भनेका छन् ‘वर्तमान अवस्थामा लोकतन्त्रलाई धरापमा पार्ने खालका गतिविधि वर्तमान दुईतिहाई सरकारबाट भैरहेका छन्, यसप्रति आमनेपाली सजग बन्नु पर्ने अवस्ता निम्तीएको छ ।’ विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिमका बेला सरकारले राजनीतिक दल त्याग सम्वन्धी अध्यादेश शंशोधन गरेर ल्याउनु लोकतान्त्रीक अधिकार मास्न खोजेको कांग्रेसले जनाएको छ । सरकारको यो कदम लोकतान्त्रीक अधिकार हनन् प्रति उद्धत रहेको भन्दै कांग्रेस दाङका सभापति खड्काले सरकारको यो अलोकतान्त्रीक कदमका बिरुद्ध सबै एकजुट भएर उभिन आह्वान गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्