नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या १३ पुग्यो – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या १३ पुग्यो

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २४, दाङ ।

कैलाली र डोल्पामा कोरोनाको संक्रमणका कारण एक–एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको रिपोर्ट कोरोना पोजेटिभ आएकोजानकारी दिएका छन् ।

त्यसैगरी डोल्पाको जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज बाट सुर्खेत जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको उनको २० गते निधन भएको थियो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्