कनिका संवाददाता
जेठ २४, काठमाडौँ ।
नेपाली काङ्ग्रेसले कोरोना भाइरस कोभिड १९ का कारण घर र्फकन चाहने सबैलाई ल्याउन सरकारसँग माग गरेको छ । काङ्ग्रेसको जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले आज विज्ञप्ति निकालेर विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर र्फकन पाउने अधिकार रहेको भन्दै सबैलाइ ल्याउन आग्रह गरेका हुन् । संख्या तोकेर होइन कि, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्ने उनले बताएका छन् ।
विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर भए पनि ल्याउनुपर्ने भट्टराईले बताए । विदेशबाट ल्याइएका सबैको पीसीआर विधिबाट परिक्षण गर्न र मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न पनि काँग्रेसले माग गरेको छ ।