मा प्रकाशित
कनिका संवाददाता
जेठ २४, काठमाडौँ ।
प्रमुख विपक्षी नेपाली काङ्ग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले राजस्व उठाउन सक्ने क्षमता गुमाएको बताएका छन् । प्रतिनिधिसभामा आज अर्थ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव राखेका रिजालले पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको र सरकारको इमान्दारिता पनि नदेखिएको बताए ।
‘सरकारको राजस्व उठाउन सक्ने क्षमता र योजना छैन, रिजालले भने, यसपालि त इमान्दारिताको पनि लक्षण देखिएन, विश्वसनीय आधार पनि भएन ।