कनिका संवाददाता
जेठ २४, दाङ ।
दाङका पाँच राजनीतिक दलले एमसीसी सम्झौताको अाज बिराेध गरेका छन् । क्रियाशील पाँच राजनीतिक दलहरुले एमसीसी सम्झौताको अाज शनिबार घोराहीमा बिरोध कार्यक्रम सम्पन्न गरेका छन् । बिरोध सभामा बोल्ने बक्ताहरुले कुनै पनि सर्तमा एमसीसी सम्झौता संसदबाट अनुमोदन हुन नहुने बताएका छन् ।
एमसीसी सम्झौता लागू भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर हुने तथा देशको असंलग्न परराष्ट्र नीतिको समेत धज्जी उडने हुदा त्यो सम्झौता खारेज हुनुपर्ने कुरामा जोड दिएका छन् । बिदास्पद सम्झौताको बिरोध भइरहेको बेला सरकारले आगामी बजेटमा उक्त सम्झौताको योजना समेत अगाडि बढाएको हुँदा यसको बिरोध भएको हो ।