दुर्गा आमा समुहको भवनको शिलन्यास – Kanika Khabar
Friday, February 14Nepali News Portal

दुर्गा आमा समुहको भवनको शिलन्यास

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, भैरहवा ।
तिलोत्तमा नगरपालिका वार्ड नं.१० शान्तिनगरमा रहेको दुर्गा आमा समुहको निर्माण हुन लागेको नयाँ भवनको शिलन्यास गरिएको छ । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दधिराम न्यौपानेले नव निर्मित ६ कोठे भवनको शिलन्यास गरेको उनको सचिवालयले जानकारी दिएको छ । शिलन्यास कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा प्रदेश सभा सदस्य न्यौपानेले महिलाहरुको क्षमता विकास र नेतृत्व विकासका लागि प्रदेश सरकारले थप कार्यक्रमहरु आगामी बजेट ल्याउन लागेको जानकारी दिए । उनले परिवार तथा समाजको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै सरकारले महिला मैत्री बजेट निर्माणमा जोड दिएको बताए ।

भवन शिलन्यास कार्यक्रममा बोल्दै सोही वडाका वडा अध्यक्ष व्यासमुनी चौधरीले व्यवस्थित कार्य सम्पादनका लागि भवन निर्माणले आमा समुहलाई सहयोग पुग्ने बताए । आमा समूहकी अध्यक्ष लिला देवी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १२ वडा अध्यक्ष सहदेव चौधरी तथा स्थानिय समाजसेवी प्रदिप थापा, गोपाल घिमिरे, यादव अर्याल लगाएतको उपस्थित रहेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्