आइसोलेसनमा रहेका कोरोना संक्रमित हिडेरै गाँउ पुगे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आइसोलेसनमा रहेका कोरोना संक्रमित हिडेरै गाँउ पुगे

    मा प्रकाशित

कनिका डेस्क

जेठ २४, दाङ ।

आइसोलेसनमा रहेका कोरोना संक्रमित बाहिर निस्किएका छन् र, झण्डै १० किलोमिटर पैदल हिँडेर गाउँमा पुगेका छन् ।

कोरोना संक्रमित युवक एकाएक गाँउकै दुर्गा मन्दीर अगाडि उभिएको देखेपछि दुर्गाभगवती गाँउपालिका वडा नं. –३ मा त्राश फैलिएको छ ।

दुर्गा भगवती गाँउपालिकाको क्वारेन्टाइनमा रहेका २४ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितहरुलाई धरहरीको आइसोलेसनमा राखियको थियो।

आइसोलेसनमा राखेको भोलिपल्ट त्यहाँबाट भागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार पुनः आइसोलेसनबाट भागेका उनलाई गाउँमा देखेपछि गाँउलेले घेरा हालेर प्रहरीलाई खबर गरेका थिए । त्यसको झण्डै दुई घण्टापछि प्रहरी टोलीले उनलाई पुनः आइसोलेसनमा पुर्‍याएको छ ।

यो घटनाले आइसोलेसनको सुरक्षा व्यवस्था कति फितलो छ भन्ने प्रष्ट पारेको छ ।

रौतहटमा कोरोना संक्रमितको कुल सँख्या ३ सय ९२ पुगेको छ भने ७ हजार ५५९ जना क्वारेन्टिनमा छन् । तर पछिल्लो समय क्वारेन्टाइनमा बसेकाहरु सुरक्षाकर्मीको आँखा छल्दै सामान किन्न तथा परिवारका सदस्य भेटन बाहिर निस्कने गरेको पाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्