नेपालका ७० जिल्लामा कोरोनाको संक्रमण – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेपालका ७० जिल्लामा कोरोनाको संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
जेठ २५, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार नेपालमा ७० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । ७० जिल्लमा कोरोना सङक्रमण फैलिएसँगै १ लाख ६८ हजार ३१ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या २ हजार ८ सय ५७ रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजोसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ३७ हजार ७ सय ३५ नमुना परीक्षण भएको छ । त्यसैगरी पिसिआर विधिबाट ९२ हजार ४ सय ७८ परीक्षण गरिएको छ । कोरोना संक्रमणको दर फैलिंदै गएपछि, समदायलाई त्यसबाट जोगाउन हरेक नागरिक सचेत हुनुपर्ने भन्दै संक्रमित र उपचारमा सहयोगका लागि प्रवक्ता विकास देवकोटाले अपिल समेत गरेका छन् । नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या हरेक दिन दुई सय भन्दा बढीका दरले थपिँदै गएको छ । संक्रमित हुनेको संख्या पत्ता लगाउन उनीहरूको स्वाब संकलन गरिन्छ । तर, प्रयोगशालाले समयमै नतिजा नदिँदा झन्डै २५ हजार स्वाबको नतिजा थन्किएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या सरदर १० जनाका दरले थपिँदै गएको छ । यस हिसाबले हरेक दिन हजारांैका दरले नमूना संकलन गर्नुपथ्र्यो । तर प्रयोगशालाले ५ दिनका लागि नमूना संकलन स्थगित गरेको छ । जनशक्तिको अभाव र धान्नै नसक्ने भएपछि स्थगित गर्न बाध्य भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.गुणराज अवस्थीको भनाइ छ । कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मध्येको एक, प्रदेश नम्बर ५ मा तीन वटा प्रयोगशालाबाट नमूना परीक्षण हुँदै आएको छ । तर, दिनकै करिब एक हजारका दरले नमूना संकलन भइरहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा सयांै स्वाब परीक्षणको रिपोर्ट पालो कुरेर बसेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् ।
नेपालका २१ स्थानबाट कोरोना भए÷नभएको बारे नमूना परीक्षणको काम भइरहेको छ । सात वटै प्रदेशबाट नमूना परीक्षण गरिए पनि औसतमा एक प्रयोगशालामा एक हजारदेखि १५ सय नमूना अहिले थन्किएको छ । सबैभन्दा धेरै नमूना जाँच गर्ने क्षमता भएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पनि १० हजारभन्दा बढी स्वाबलाई पालोमा राखिएको छ । दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै जाँदा जाँचको दायरा बढाउनुपर्ने सबैतिरबाट सरकारमाथि दवाव परिरहेको छ । तर, जाँच गरेर ल्याएका २५ हजारभन्दा बढीले आफूलाई कोरोना भाइरसको संक्रमण छ कि छैन भन्ने रिपोर्ट पाउन सकेका छैनन् । सरकारले यो समस्या समाधानका लागि पहल भईरहेको जनाएको छ । क्षमताभन्दा बढी नमूना संकलन भएकाले संक्रमतिहरुबाट थप संक्रमण फैलिन सक्ने र यसअघि जस्तै मृत्युपछि उनमा कोरोना पुष्टि हुने जोखिम झनै बढाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्