क्वारअन्टिनका लागि ४७ वटा होटेलहरुको सूची सार्वजनिक – Kanika Khabar
Friday, April 19Nepali News Portal

क्वारअन्टिनका लागि ४७ वटा होटेलहरुको सूची सार्वजनिक

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, काठमाडौँ ।
विदेशबाट फर्किने नेपालीहरूलाई क्वारअन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ ।
सरकारले सार्वजनिक गरेकोे सूचीमा चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । सूचीमा चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका, तर चारतारे होटल सरहको मूल्य तिर्नुपर्ने २८ होटलहरु छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलहरु ग्राण्ड, ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र स्वीस इन्टरनेसनल होटल सरोवर छन् । ग्राण्ड होटल काठमाडौंमा, ड्रिमल्याण्ड रुपन्देहीको मनिग्राममा र स्वीस इन्टरनेशनल पोखरामा छन् । सरकारले विदेशबाट नेपालीहरुलाई उद्दार गर्ने र होटल क्वारअन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइँको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ । अस्ति म्यानमार र युएइबाट नेपालहरु आएका छन् । अरु देशबाट पनि नेपालीहरु उद्दारको पर्खाइमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्