अमेरिकामा प्रर्दशन जारी – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

अमेरिकामा प्रर्दशन जारी

    मा प्रकाशित

कनिका डेस्क
जेठ २५, दाङ ।
अमेरिकामा दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि जारी हिंसात्मक प्रदर्शनहरु अझै रोकिएका छैनन् ।
जातीय हिंसा र प्रहरीको क्रुरताविरुद्ध हजारौं सर्वसाधारणले अमेरिकालगायत विश्वका विभिन्न देशमा विरोध गरिरहेका छन् । रेस्टुरेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत जर्जले सपिङ मलमा नक्कली नोट देखाएको आरोपमा नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारी डेरेक चाउविनले घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशव्यापी आन्दोलन चलिरहेको हो ।
घटनालगत्तै संलग्न प्रहरी अधिकारीलाई निलम्बर गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । तर वर्षौदेखि जातीय विभेद कायम रहेको भन्दै अमेरिका, युरोपगलयतका देशमा उक्त घटनाको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्