बेलझुण्डीमा १० जनाले जिते कोरोना, ४५ जनाको उपचार हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

बेलझुण्डीमा १० जनाले जिते कोरोना, ४५ जनाको उपचार हुँदै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।
दाङको बेलझुण्डीमा रहेको कोरोना बिशेष अस्पतालबाट १० जना कोभिड १९ बाट संक्रमितको डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाँकेका ५ जना, कपिलबस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माले बताए ।

डा. शर्माका अनुसार उनीहरुलाई राखेको २२÷२३ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि सरकारले गरेको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो । बाँकेका २, दाङका एक, कपिलबस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएर डिस्चार्ज गरिएको हो । भने अन्य ५ जनाको लक्ष्ण नभएपछि डिस्चार्ज गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ केशको आइसोलेसन व्यबस्थापन सम्बन्धि निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्ने उल्लेख छ । अहिले बेलझुण्डीमा ४५ जना संक्रमितको उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्