कनिका डेस्क
जेठ २५, दाङ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले ब्राउनसुगर २ जनालाई पक्राउ गरेको छ । हिजो शनिबार १४ ग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वाँके कोहलपुर नगरपालिका वडा नं.७ बस्ने वर्ष २८ को श्री बहादुर रावत र बैजनाथ गाउँपालिका वडा नं. १ चिसापानी बस्ने बर्ष २४ को सुजन शाही रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
रावतले चलाएको भे २ प २७४ नं।को मोटरसाईकल र शाहीको वन्डरवयरबाट समेत गरी १४ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक चक्र डम्बरपालको नेतृत्वमा गएको प्रहरी टोलीले अमिलिया क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
घनटनाा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । २२ गते राति राती पक्राउ परेका एम्बुलेनस काण्डको सञ्जालसँग कनेक्सन रहेको बुझिएको छ ।