आज बजेटमाथिकाे छलफल सकिने, साेमबार मन्त्रीहरूले जवाफ दिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज बजेटमाथिकाे छलफल सकिने, साेमबार मन्त्रीहरूले जवाफ दिने

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २५, दाङ ।

आज आर्थिक वर्ष ०७७/०७८ का लागि विनियोजित बजेटमाथिकाे छलफल सकिने भएकाे छ । प्रतिनिधिसभामा अाज आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहेर छलफल सकिने छ ।

आज राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ । आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

आज विनियोजित बजेटमाथिकाे छलफल सकिएपछि भाेलि सोमबार मन्त्रीहरुले जवाफ दिनेछन् । संसद सचिवालयको कार्यतालिका अनुसार सोमबार सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् । शुक्रबार ७ वटा र शनिवार ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षकमाथिको छलफल सकिएको छ । शुक्रबार ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्