आरडीटी जाँच गर्दै, निरोगिताको प्रमाणपत्र दिदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आरडीटी जाँच गर्दै, निरोगिताको प्रमाणपत्र दिदै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।

आरडीटी परिक्षण विश्वासिलो नभएको भन्दै सरकारो आलोचना भइरहदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टिनमा बसेकाहरूलाई आरडीटी नेगेटिभ आएपछि निरोगिताको प्रमाणपत्र दिएर घर फर्काउने नौलो अभ्यास थालेको छ । नगरपालिकाको यस्तो कार्यलाई लिएर चौतर्फी टीकाटिप्पणी भइरहेको छ ।

नगरपालिकाले प्रदान गर्ने प्रमाणपत्र सामान्य कागजमा प्रिन्ट गरिएको प्रमाणपत्रमा चार जनाको हस्ताक्षर छ । प्रयोगशालाका प्राविधिक, वडाध्यक्ष, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका छन् । प्रमाणपत्रमा सम्बन्धित व्यक्तिको आरडीटी परीक्षणको नतिजा नेगेटिभ देखिएको भन्दै बधाई ज्ञापन समेत गरिएको छ ।

सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल स्थानीय वस्तुस्थितिका कारण समाजमा भारतवाट आउनेहरुलाई स्थानियले स्विकारुन भनेर हामिले यो प्रमाणपत्र दिएकमछौं ।

आरडीटी परीक्षणको डाक्टरी रिपोर्ट गाउँका मानिसहरूले नबुझ्ने हुदा प्रमाणपत्रमा सबैले बुझ्नेगरी सरल भाषामा लेखेर मानिसहरू आश्वस्त हुन सक्ने गरी अत्यन्तै कम खर्चमा यो काम गरेको उनले बताए ।

‘आरडीटी परीक्षण त्यति विश्वासिलो मानिँदैन । नेपालमा आरडीटी नेगेटिभ आएका व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि यस अघि भइसकेको छ । यो अवस्थामा आरडीटीमै भर परेर नगरपालिकाले निरोगिताको प्रमाणपत्र दिदै नागरीकको स्वास्थ्य माथिनै खेलवाड गरीरहेको नजगुनासो रहेको छ । उता पीसीआर परीक्षणका लागि बुटवल पठाउदा परीक्षणको पालो आउने टुङगो नहुने हुदा आरडीटीमा भरपर्नु बाध्यता भएको मेयर वताए ।

अहिले १८ वटा क्वारेन्टाइनस्थल बनाएर छ सय छ जनालाई नगरपालिकाले राखिरहेको छ । आरडीटीमा नेगेटिभ आएकाहरूलाई प्रमाणपत्र दिएर घर पठाइन्छ भने पोजिटिभ आएकाहरूको चाहिँ पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिन्छ । नगरपालिकाले आफ्नै स्रोतबाट १–१ हजार पीसीआर र आरडीटी किट्स खरिद गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्