आन्तरिक उडान असार १७ गतेदेखि खुला गर्ने तयारी – Kanika Khabar
Saturday, March 22Nepali News Portal

आन्तरिक उडान असार १७ गतेदेखि खुला गर्ने तयारी

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, काठमाडौं।

सरकारले बन्दाबन्दीको एक सय दिनपछि असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ । आज प्राधिकरणमा भएको बैठकमा असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको हो ।
छलफलमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेश राई सहभागि हुनुभएको थियो ।
पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ । ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने तयारी भएको हो ।
साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने गरि तयारी भएको छ । प्राधिकरण र व्यवसायीबीच उडान खोल्नेबारे आज बैठक बोलाइएको थियो ।
सरकारले चैत नौ गतेदेखि व्यवसायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्