एजेन्सी ।
कोरोनाका कारण विश्वभरि ४४ लाख १९ हजार ८ सय ६९ मानिसको मृत्यु भएको छ । यस्तै विश्वभरि नै कोरोनाका कारण २१ करोड १० लाख भन्दा बढि मानिसहरु कोरोनाबाट सङ्क्रमित भएका छन् ।
यस्तै कोरोना भएर पनि १८ करोड ८९ लाख मानिसहरु उपचार पछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै ६ लाख ४३ हजार ११२ जनाको मृत्यु भएको छ । यस्तै भारतमा कोरोनाका कारण ४ लाख ३३ हजार मानिसकाृे मृत्यु भएको छ ।
यसैगरि ब्राजिलमा भने ५ लाख ७२ हजार मानिसको मृत्यु भएको छ । रसियामा कोरोनाकै कारण १ लाख७४ हजार मानिसको मृत्यु भएको छ । फ्रान्समा भने कोरोनाका कारण १ लाख १३ हजार मानिसको मृत्यु भएको छ ।


