अपांग मानव अधिकार मञ्चको स्थापना दिवस मनायो – Kanika Khabar
Friday, April 19Nepali News Portal

अपांग मानव अधिकार मञ्चको स्थापना दिवस मनायो

    मा प्रकाशित

घोराही, ४ भदौ ।

अपांग मानव अधिकार एवं सरोकार मञ्च नेपाल दाङको २१ औँ स्थापना दिवसका अवसरमा राजमार्ग अनलाईनका सम्पदक तथा गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाका सहसम्पादक दिपक जिएम सम्मानित हुनुभएको छ ।

विगत ७ देखी पत्रकारिता क्षेत्र कलम चलाउदै आउनुभएका सञ्चारकर्मी जिएमलाई सम्मान गरिएको हो । अपांगताको क्षेत्रमा महत्वपूर्ण कलम चलाएको र अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न समयमा सहयोग गर्दैै आएको भन्दै सञ्चारकर्मी जिएमलाई सम्मान गरिएको हो ।

जिएमले पत्रकारिताका माध्यमबाट अपांगताको क्षेत्रमा कलम चलाउनुका साथै विभिन्न समयमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सामाग्री सहयोग गर्दै आउनु भएको छ । जिएमले प्रत्येक वर्ष आफ्नो जन्मदिन, अनलाईन र पत्रिकाको स्थापना दिवस, आमाको तिथिका अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न सामाग्री सहयोग गर्दै आउनु भएको छ । पत्रकार जिएमसँगै अपाङ्ता भएका विरबहादुर रेउलेलाई पनि सम्मान गरिएको हो ।

आज सम्मानित हुनुभएका रेउलेले कटाई सिलाई व्यवसाय गर्दै आउनु भएको छ । मञ्चका अध्यक्ष शिव घर्तिको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी स्थापना दिवसका अवसरमा सञ्चारकर्मी जिएम र अपांगता भएका रेउलेलाई सम्मान गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्