नेकपा एमाले र सभामुखबीच तिक्तता बढ्यो – Kanika Khabar
Monday, December 2Nepali News Portal

नेकपा एमाले र सभामुखबीच तिक्तता बढ्यो

    मा प्रकाशित

भदौ ५, काठमाडौँ ।

नेकपा एमाले र सभामुखबीच तिक्तता बढेको छ । एमालेले आफ्नो पार्टी छोडेका १४ सांसदलाई कारबाही गर्न गरेको सिफारिस सदर गर्न सभामुखले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएको छ । विहिबार अध्यक्ष केपी शर्मा ओलीले सभामुख सत्ता पक्षसँग मिलेको र स्वतन्त्र हैसियतको पालना गर्न नसकेको आरोप लगाउनुभएको थियो । यस्तै एमालेका नेताहरुले सभामुखलाइ भेटेर कारबाही सदर गर्न पनि दबाब दिएका छन् ।

 

यसलाई लिएर सभामुख अग्नि सापकोटाले भने विपक्षी दलका सांसद र नेताको व्यवहार तथा अभिव्यक्ति आपत्तिजनक भएको बताउनुभएको छ । एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरुको अभिव्यक्ति, प्रस्तुति र व्यहार अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानलेले बताउनुभएको छ । यसबाट सत्तापक्ष र प्रतिपक्षका बीचमा दुरी बढ्ने देखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्