भारतमा थप ३४ हजारमा कोरोना भाइरसको सङ्क्रमण – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

भारतमा थप ३४ हजारमा कोरोना भाइरसको सङ्क्रमण

    मा प्रकाशित

भारतमा थप ३४ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।चार महिना अघिसम्म लगातार ४ लाख सङ्क्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३४ हजार २ सय ९६ जनामा सङ्क्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा सङ्क्रमितको संख्या ३ करोड २३ लाख ९२ हजार ५ सय ६ पुगेको छ ।हालसम्म भारतमा ३ लाख ६८ हजार १ सय २२ जना संक्रिय सङ्क्रमित छन् ।यस्तै त्यहाँ एकैदिन ३ सय ७६ सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या ४ लाख ३३ हजार ९ सय ९८ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्