दुई महिनापछि तोकियो सुनको मुल्य, प्रतितोला ८७ हजार ४ सय – Kanika Khabar
Friday, January 17Nepali News Portal

दुई महिनापछि तोकियो सुनको मुल्य, प्रतितोला ८७ हजार ४ सय

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।
साढे दुई महिनापछि नेपालमा सुनचाँदीको मूल्य तोकिएको छ । लकडाउन लागू भएपछि अर्थात् चैत ११ गते यता आज मात्रै सुनको मूल्य तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन (फाइन गुणस्तर)को मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि चैत १० गते ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपालमा लकडाउन भइरहँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकाले नेपालमा आइतबार एक्कासी ठूलो प्रभाव परेको महासंघले जनाएको छ ।
सुन मात्रै होइन, चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ । चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ९सय २५ रुपैयाँ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्