नेपालमा पछिल्लो २४ घण्टामा २०७५ जनामा कोरोना पुष्टि, थप ३० जनाको मृत्यु – Kanika Khabar
Monday, May 11Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा २०७५ जनामा कोरोना पुष्टि, थप ३० जनाको मृत्यु

    मा प्रकाशित

भदौ ५, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३।३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्