कम्युनिष्ट पाटी पुर्नगठनका लागि एकिकृत समाजवादी गठन : बिश्वासी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कम्युनिष्ट पाटी पुर्नगठनका लागि एकिकृत समाजवादी गठन : बिश्वासी

    मा प्रकाशित

दाङ,६ भदौ ।

नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य भागवत विश्वासीले सामाजिक परिवर्तनसँगै कम्युनिष्ट पाटी पुर्नगठनका लागि नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) गठन भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) संम्वद्ध युवा संघ नेपाल दाङको विस्तारित बैठकलाई शनिवार घोराहीमा सम्वोधन गर्दै केन्द्रीय सदस्य विश्वासीले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको कम्युनिष्ट आन्दोलनमा अहिले विचलन आएको बताए । उनले कम्युनिट आन्दोलनमा आएको विचलनलाई एकिकृत गर्नका लागि नेकपा एमाले पार्टीलाई पुर्नगठन गरी एकिकृत समाजवादी पाटी गठन भएकाले नयाँ गठन भएको पार्टीमा आवद्ध हुन समेत जनतालाई आग्रह गरेका थिए ।

युवा संघ नेपाल दाङका अध्यक्ष प्रेम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य विश्वासीले अवको आन्दोलन आर्थिक, सामाजिक र सास्कृतिक उत्पीडनका विरुद्ध केन्द्रीत हुनुपर्ने बताएका थिए । त्यस्तै नेकपा एकिकृत समाजवादीका नेता लक्ष्मण आचार्यले नेकपा एमालेलाई बुर्जुवाकरण गरिएकाले नयाँ क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरिएको बताए ।

उनले सच्चा कम्युनिष्ट पार्टीहरुबिच धुर्वीकरण आवश्यक रहेको भन्दै त्यसको नेतृत्व भर्खरै गठन भएको नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी)ले गर्ने समेत बताए । युवा संघ नेपाल दाङको विस्तारित बैठक एकिकृत समाजवादी पाटीका नेता सुरामणी बेल्वासे, युवा संघका केन्द्रीय सदस्य हरिकला बाठा, मोहन भण्डारीलगायतले सम्वोधन गर्दै नयाँ कम्युनिष्ट पाटी निर्माण जुट्न सवैलाई आग्रह गरेका थिए ।

बैठकले जिल्लाका दशवटै पालिका र वडास्तर र्सठनको भेला गर्ने, जिल्लामा रचनात्मक सामाजिक अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने र भदौ १६ गते नेपालगंजमा हुने प्रदेश भेलालाई भव्य रुपमा सफल बनाउने निर्णय गरेको युवा संघका जिल्ला अध्यक्ष बुढाले जानकारी दिएका छन् । उपाध्यक्ष हरिष गिरीको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष वलीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्