भदौ ६, दाङ ।
विवादमा रहेको नेपाली काङ्ग्रेसको क्रियाशील सदस्यता वितरणको विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित संयोजक तथा नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका हुन् । नेता लेखकले आज आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।
कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा। मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।
नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।


