हेलिकप्टरमार्फत गर्भवतीको उद्धार – Kanika Khabar
Wednesday, December 7Nepali News Portal

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

    मा प्रकाशित

सिन्धुपाल्चोक, भदौ ६  ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिनुभयो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उहालाई उद्धार गरिएको हो ।

अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्