कोरोना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि र ४५ जना कोरोना मुक्त – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट दाङ : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना पुष्टि र ४५ जना कोरोना मुक्त

    मा प्रकाशित

भदौ ६ , दाङ ,
पछिल्लो २४ घण्टामा दाङमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ९५ जनामा गरिएको पिसिआर परिक्षण गर्दा ११ जना पुरुष र १० जना महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ६, लमहीका २ जना, राप्ती, बबई र शान्तिनगरका एक÷एक जना रहेका छन् । त्यस्तै वितेको २४ घण्टामा ४५ जना कोरोना मुक्त भएका छन् । कोरोना मुक्त हुनेमा घोराहीका २६ जना, तुलसीपुर र लमहीका ५÷५ जना, शान्तिनगरका २ जना, बंगलाचुली र गढवाका १÷१ जना रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज थप भएका २१ जना सहित जिल्लामा सक्रियय विरामीको संख्या एक सय ५१ जना पुगेको छ । ती मध्य एक सय ३२ जना घरमा, अक्सिजन सहितको उपचारमा ५ जना र आईसियूमा १४ जना रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्