आज जापानबाट ५ लाख ५९ हजार मात्रा खोप आउने – Kanika Khabar
Sunday, May 31Nepali News Portal

आज जापानबाट ५ लाख ५९ हजार मात्रा खोप आउने

    मा प्रकाशित

भदौ ७, दाङ ।
जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आज नेपाल आउने भएको छ । जापानले अनुदानमा दिएको एस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो ।

यसअघि गत शनिबार २ लाख ८ हजार ७ सय मात्रा खोप जापानबाट नेपाल आएको थियो । जापानले आज र अस्ति उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाई उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले  जानकारी दिनुभयो ।

जापानले १६ लाख १४ हजार ७ सय ४० मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा यसअघि नै गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्