आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Thursday, December 12Nepali News Portal

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ ७, दाङ ।
अहिले देशभरको मौसममा सामान्य बदली रही प्रदेश नम्बर १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसोसमेत प्रदेश नम्बर १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्