इटलीमा कोरोना संक्रमितको दर घट्दै – Kanika Khabar
Friday, January 17Nepali News Portal

इटलीमा कोरोना संक्रमितको दर घट्दै

    मा प्रकाशित

जेठ २६, दाङ
कोरोनाभाइरस संक्रमणका इटलीमा मृत्यु हुने दर घट्दै गएको छ । पछिल्लो केही दिनदेखि इटलीमा कोरोनाभाइरसका कारण संक्रमित हुने र मृत्यु हुने दरमा कमि आएको इटली सरकारले जनाएको छ । पछिल्लो २४ घन्टामा इटलीमा कोरोना भाइरसका कारण ५३ जनाको मृत्यु भएको छ । जबकि अघिल्लो दिन ७२ जनाको मृत्यु भएको थियो । यस्तै पछिल्लो २४ घन्टामा १ सय ९७ जना नयाँ संक्रमित फेला परेका छन् । इटली युरोपको दोस्रो प्रभावित मुलुक हो । जहाँ हालसम्म कोरोना भाइरसको संक्रमणका कारण ३३ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने २ लाख ३४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसैबीच, विश्वव्यापी महामारी नोवेल कोरोना भाइरसका कारण हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ७० लाख ८१ हजार नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार कोरोना भाइरसका कारण विश्वभर ४ लाख ५ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३४ लाख ५३ हजारभन्दा बढी स्वस्थ भएका छन् । (समाचार एजेन्सीको सहयोगमा)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्