दाङ प्रहरीको सफलता : १६ वर्षदेखि फरार अभियुक्त पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङ प्रहरीको सफलता : १६ वर्षदेखि फरार अभियुक्त पक्राउ

    मा प्रकाशित

७ भदौ, दाङ ।
व्यक्ति हत्या मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका एक जनालाई दाङ प्रहरीले १६ बर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ४ डम्बर बुढाथोकीलाई हत्या गरेको मुद्धामा अदालतबाट ८ बर्ष कैद सजाय तोकिएका ३७ बर्षिय प्रकाश नेपालीलाई प्रहरीले गोर्खा जिल्लाबाट पक्राउ गरेर ल्याएको छ ।

२०६२ साल सामान्य बादबिबादमा कुटपिट गर्दा बुढाथोकीको मृत्यु भएपछि नेपाली फरार भएका थिए । २०६७ सालमा तत्कालिन पुनराबेदन अदालत तुलसीपुरले नेपालीलाई दोषि ठहर गर्दै ८ बर्ष कैद सजाय सुनाएको थियो ।

घटना लगत्तै फरार रहेका नेपालीलाई गोर्खा जिल्ला अजिरकोट गाउँपालिका ५ झ्यालामा बस्दै आएको सूचनाका आधारमा गोर्खा प्रहरी सँगको समन्वयमा उनलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्