काङ्ग्रेस सभापति देउवाले डाके कार्यसमितिको आकस्मिक बैठक – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

काङ्ग्रेस सभापति देउवाले डाके कार्यसमितिको आकस्मिक बैठक

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समितिको आकस्मिक बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा संसदमा पेश गरेको संविधान संसोधन प्रस्ताव, काङ्ग्रेसको रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
आजको बैठकमा विशेषगरी कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काङ्ग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए । उनले भने, ‘‘सम्भवतः आजको बैठकमा विशेषगरी कोभिड १९ को महामारी, संसदमा पेस गरिएको संविधान संशोधन प्रस्ताव तथा काङ्ग्रेसको रणनीतिलगायतका विषयमा छलफल हुनेछ ।’’
यसअघि गत १७ गते काङ्ग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । बैठकले संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । । बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाउनु भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्