लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा – Kanika Khabar
Monday, May 11Nepali News Portal

लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा

    मा प्रकाशित

भदौ ७, दाङ ।

लुम्बिनी प्रदेश सभाकी सांसद विमला वली खत्रीविरुद्ध अंश मुद्दा परेको छ । सांसद वलीका दुई छोराहरू प्रणय वली (१२ वर्ष) र दिवाकर वली (९ वर्ष) का तर्फबाट साइलो बुबा अमरबहादुर वलीले जिल्ला अदालत दाङमा अंश मुद्दा दर्ता गरेका हुन् ।

दाङ जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका-६ लेटारका अमरबहादुर वलीले सो निवेदन दर्ता गरेको जानकारी दिए । श्रेष्तेदार गिरीका अनुसार ३ भदौमा पेस भएको उक्त मुद्दाको दर्ता नम्बर ०७३ (०७८/००३६२) रहेको छ ।

वलीबाट नाबालक छोराहरूको सम्पत्तिको हिनामिना हुने अवस्था आएकाले उक्त सम्पती संरक्षण र नाबालकहरूको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको अदालतमा दर्ता भएको निवेदनमा उल्लेख छ ।
"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्