काङ्ग्रेस क्रियाशील सदस्यता : पौडेल पक्षका जिल्ला सभापति आज पार्टी कार्यालयमा धर्ना बस्दै – Kanika Khabar
Monday, May 11Nepali News Portal

काङ्ग्रेस क्रियाशील सदस्यता : पौडेल पक्षका जिल्ला सभापति आज पार्टी कार्यालयमा धर्ना बस्दै

    मा प्रकाशित

भदौ ८, दाङ ।
काङ्गेसमा क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर आन्तरिक विवाद हुँदै आएको छ । हमाधिवेशनको दिन नजिकिदै गर्दा पनि क्रियाशील सदस्यताको नाम सार्वजनिक गर्न ढिलाई गर्दा विवादले गाढा रुप लिदै जान थालेको हो ।
क्रियाशील सदस्यता सार्वजनिक गर्न ढिला भएको भनदै नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु पार्टी कार्यालयमा धर्ना बस्ने भएका छन् ।

विधिसम्मत ढंगले क्रियाशील सदस्यता सूचीको त्रुटि सच्याएर सार्वजनिक गर्न दिएको अल्टिमेटम सकिएकोले आजै बिहान ११ बजेदेखि पार्टी कार्यालयमा धर्ना बस्न लागिएको स्रोतले बताएको छ ।
यसअघि पनि क्रियाशील सदस्यता विवादका कारण नेता, कार्यकर्ताहरु धर्नामा बस्दै आएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्