पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक बस्दै – Kanika Khabar
Friday, February 14Nepali News Portal

पार्टीभित्रको विवाद मिलाउन एमाले स्थायी कमिटी बैठक बस्दै

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।
पार्टीमा देखिँदै आएको विवाद समाधानका बारेमा छलफल गर्न नेकपा (एमाले)को स्थायी कमिटीबैठक आजका लागि बोलाइएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्ने तय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार बैठकले एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न प्रक्रिया अघि बढाउने, दल विभाजन नगर्न अनुरोध गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोकिने सम्भावना छ ।

 

माधवकुमार नेपालसहितका नेताहरु पार्टीबाट अलग्गिएर नयाँ पार्टी गठनको प्रक्रियामा गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो धारका नेताहरुसँग सहमति गर्ने बारेमा नरम देखिनुभएको छ । हिजो एकता पक्षधर नेताहरूबीचमा भएको छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्नेबारेमा सैद्धान्तिक सहमति भएको छ ।१० बुँदेअनुसार पार्टीलाई २०७५जेठ २ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

 

१० बुँदेअनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटीक्रियाशील हुने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्