जापानबाट आएको कोरोनाविरुद्धको खोप आज प्रदेश १ र २ मा पठाइँदै – Kanika Khabar
Friday, December 13Nepali News Portal

जापानबाट आएको कोरोनाविरुद्धको खोप आज प्रदेश १ र २ मा पठाइँदै

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।
जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आजदेखि प्रदेश १ र २ मा पठाउने भएको छ । परिवार कल्याण महाशाखाका अन्र्तगतको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले साढे ५ लाख खोप प्रदेश १ र प्रदेश २ पठाइने र बचेको खोप विद्यार्थीलाई लगाइने बताउनुभयो ।

 

प्रदेशमा पठाइएको खोपलाई प्रदेश १ को विराटनगरमा रहेको सिड भण्डारण केन्द्रमा र प्रदेश २ मा बाराको पथलैयामा रहेको सिड भण्डारण केन्द्रमा भण्डारण गरिनेछ ।नेपालमा हालसम्म १ करोड ३१ लाख मात्रा खोप चीन, भारत, अमेरिका लगायतका विभिन्न देशबाट आइसकेको छ ।

 

नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि बढ्न थालेको छ । गत वर्ष माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म ३८ लाख ५७ हजारभन्दा बढीले खोप लगाइसकेको मन्त्रालयले बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्