देशभरका १७ गाउँपालिकाले अझै बजेट ल्याउन सकेनन् – Kanika Khabar
Friday, September 11Nepali News Portal

देशभरका १७ गाउँपालिकाले अझै बजेट ल्याउन सकेनन्

    मा प्रकाशित

भदौ ८, दाङ ।
देशभर रहेका ४ सय ६० गाउँपालिकामध्ये १७ वटा गाउँपालिकाले अझै चालु आर्थिक वर्षका लागि बजेट पारित गर्न नसकेको पाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ७ प्रदेशमध्ये ३ प्रदेशका १७ वटा गाउँपालिकाहरुले चालु आर्थिक वर्षका लागि निती तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन ।

 

महासंघका कार्यकारि निर्देशक राजेन्द्र प्रसाद प्याकुरेलले सबैभन्दा बढी प्रदेश नम्बर २ मा ११, बागमती प्रदेशका ५ प्रदेश नम्बर १ मा एक वटा गाउँपालिकाले हालसम्म पनि बजेट ल्याउन नसकेको सीआईएनसँग बताउनुभयो । असार १० मा सार्वजनिक गर्नुपर्ने बजेट हालसम्म पनि सार्वजनिक गर्न नसक्दा कार्य सञ्चालनमा समस्या हुने उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्