एमालेको स्थायी कमिटी बैठक जारी – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एमालेको स्थायी कमिटी बैठक जारी

    मा प्रकाशित

भदौ ८, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बसिररहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी बैठकमा तेस्रो धारका मानिएका नेताहरुको पनि सहभागिता रहेको छ ।

आज बिहानै बैठक बस्ने भनिएपनि तयारी पूरा नभएको भन्दैढिला गरि सुरु भएको हो । हिजो अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफल र सहमति पछि आज यसअघि माधब कुमार नेपाल पक्षमा रहेका नेताहरु पनि बैठकमा सहभागि बनेका छन् ।

यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् ।

 

हिजोको छलफल सकारात्मक भएको र १० बुँदे सहमति कार्यान्वयन गर्ने आसा भएका कारण बैठकमा सहभागि भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्