एमालेको स्थायी कमिटी बैठक जारी – Kanika Khabar
Monday, May 11Nepali News Portal

एमालेको स्थायी कमिटी बैठक जारी

    मा प्रकाशित

भदौ ८, दाङ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बसिररहेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी बैठकमा तेस्रो धारका मानिएका नेताहरुको पनि सहभागिता रहेको छ ।

आज बिहानै बैठक बस्ने भनिएपनि तयारी पूरा नभएको भन्दैढिला गरि सुरु भएको हो । हिजो अध्यक्ष केपी शर्मा ओलीसंग भएको छलफल र सहमति पछि आज यसअघि माधब कुमार नेपाल पक्षमा रहेका नेताहरु पनि बैठकमा सहभागि बनेका छन् ।

यसअघि नेपाल पक्षमा रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका हुन् ।

 

हिजोको छलफल सकारात्मक भएको र १० बुँदे सहमति कार्यान्वयन गर्ने आसा भएका कारण बैठकमा सहभागि भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्