जेठ २ मा फर्कियो एमाले : पार्टी एकतामा आउन आह्वान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जेठ २ मा फर्कियो एमाले : पार्टी एकतामा आउन आह्वान

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।
नेकपा एमाले पार्टी विभाजन रोक्नलाई घनिभूतमा लागेको छ । औपचारिक रुपमा विभाजन भएको नेकपा एमालेको विभाजन रोक्न एमालेको आज मंगलबार बसेको स्थायी कमिटी बैठकले अपील गरेको छ ।

एमालेलाई विभाजन गराएर माधवकुमार नेपालको अगुवाईमा नयाँ दल गठनका लागि बुधबार निर्वाचन आयोगमा सनाखत हुनुभन्दा अघिल्लो दिन एमालेले विभाजन रोकेर पार्टी एकतामा आउन आह्वान गरेको हो ।

मंगलबारको बैठकले तीनवटा प्रस्ताव पारित गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार १० बुँदे सहमति कार्यान्वयनका लागि विभिन्न ८ वटा निर्णय गरिएको छ । २०७५ जेठ २ गते अघिको जिम्मेवारी अनुसार क्रियाशील हुन केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यलाई निर्देशन दिइएको छ । साथै १० बुँदे सहमतिलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा गृहकार्य गर्न कार्यदल गठनसमेत गरिएको छ । उपाध्यक्ष भीम रावल, महासचिब ईश्वर पोखरेल, उपमहासचिब विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य लेखराज भट्टराई कार्यदलमा रहेका छन् ।

यस्तै २०७५ जेठ २ गते अगाडिको अवस्थाकै आधारमा पार्टीको संगठित सदस्यता नवीकरण गर्ने र त्यसपछिको अवधिमा एमालेमा प्रवेश गरेकाहरुको पनि संगठित सदस्यता नवीकरण गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । असोज मसान्तसम्म सदस्यता नवीकरण गरिसक्ने निर्णय गरिएको छ ।

पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौंमा गर्ने र १० औं राष्ट्रिय सम्मेलन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरिएको उनले जानकारी दिए । यस्तै कात्तिक ६ मा देशभरका वडा अधिवेशन र ९ गते स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरिएको छ ।

बैठकले यही भदौ १६ देखि २० गतेसम्म सबै जिल्लामा भेला आयोजना गर्ने निर्णय गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्