रिहारमा घर भत्किदा ५ लाख बराबरको क्षति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रिहारमा घर भत्किदा ५ लाख बराबरको क्षति

    मा प्रकाशित

शिवु खनाल

दाङ, ८ भदौ /

दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी राजु प्रधानको चार कोठे कच्ची घर भत्किदा चार लाख बराबरको क्षति भएको छ । दुबैतिर पक्की घर भएको, वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी घरको जगमा पस्न गएका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएकाे छ ।

 

गएराती एक्कासी घर भत्किन लागेको थाह पाएपछि घर भित्रका सामान सुरक्षित निकाल्न सफल भैइयो”- स्थानीय टाेपेन्द्र पुनले भने । मानवीय क्षति भने भएको छैन । घर भत्किएको खबर पाएपछि वडा नम्बर ९ का वडा सदस्य खिम बहादुर योगी, बुद्धिराम चौधरी, इलाका प्रहरी कार्यालय अमिलियाको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घर भत्किएपछि प्रधानको परिवार बिचल्लीमा परेको छ ।

 

वर्षायाम छ, किराकाटीको डर छ, कहाँ गएर बस्नी हो ? छिट्टै ओत लाग्नी सानो छाप्रो भए पनि बनाइ दिन स्थानीय सरकारसंग प्रधान परिवारले अपिल गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्