आज रातिदेखि पानी पर्ने क्रम बढ्नेः बाढी, पहिरो र डुबानको जोखिम – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज रातिदेखि पानी पर्ने क्रम बढ्नेः बाढी, पहिरो र डुबानको जोखिम

    मा प्रकाशित

भदौ ९, दाङ ।
आज रातिदेखि पानी पर्ने क्रम बढ्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम हुने भएको छ । मनसुनी वायुको प्रभावले आज रातिदेशभरकाधेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षाकोसम्भावना छ । यस्तै दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, २, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यसैगरी भोलि दिउँसोप्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुँदा प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदो शनिबारसम्म भारीदेखि अति भारी वर्षाको संभावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै भिरालो जमिन आसपास र नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्