अफगानी नागरिकलाई बिमानस्थल प्रवेशमा रोक लगाउने तालिवानको भनाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

अफगानी नागरिकलाई बिमानस्थल प्रवेशमा रोक लगाउने तालिवानको भनाई

    मा प्रकाशित

एजेन्सी ।
तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताउनुभएको छ । हिजो एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताउनुभएको बिबिसीले उल्लेख गरेको छ । तर उहाँले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाउनुभएको छ ।

 

तालिवानले अमेरिकाले अफगानीहरुलाई देश छोड्न उक्साइरहेको आरोप लगाइरहेको छ । अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा बढी मानिस विदेश गएको बताइएको छ।तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन्।अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्नु पर्ने तालिबानले बताएको छ।सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नु पर्ने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताउनुभएको हो ।

 

उहाँले यो अल्पकालीन व्यवस्थाभएको स्पष्ट पार्नुभएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले यो महिनाभित्र अफगानिस्तानबाट विदेशी नागरिकको उद्धार गरिसक्ने बताउनुभएको छ । बेलायत, फ्रान्स, जर्मनीसहितले उद्धार अभियानको समयसीमा अगस्ट ३१ बाट बढाउन अमेरिकालाई दबाब दिइरहेका छन् । तर अमेरिकाले भने अहिलेसम्म अगस्ट ३१ कै समय सीमा रहेको बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्