नेकपा एकीकृत समाजवादी पार्टीमा ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यले गरे सनाखत – Kanika Khabar
Thursday, November 7Nepali News Portal

नेकपा एकीकृत समाजवादी पार्टीमा ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यले गरे सनाखत

    मा प्रकाशित

भदौ ९, दाङ ।
प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीमा साविकको एमालेका ५५ जना केन्द्रीय सदस्य र ३० जना संसदका सांसदहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

माधवकुमार नेपालको नेतृत्वमा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले आज सनाखतका लागि डाकेको थियो । सनाखतका लागि निर्वाचन आयोग पुगेर आज संघीय सांसद र केन्द्रीय सदस्यहरुले सनाखत गरेका हुन् । सनाखतका क्रममा राष्ट्रिय सभा र प्रतिनिधि सभाका गरी ३० जना सांसदले सनाखत गरेको सांसद मेटमणि चौधरीले बताए । उनका अनुसार ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।

 

दल विभाजन गर्न पाइने व्यवस्था गरिएपछि माधव समूहलाई एमाले विभाजन गर्न सहज भएको हो । निर्वाचन आयोगमा सनाखत भएको संख्या सांसदमा अपुग भए पनि केन्द्रीय सदस्यमा भने पुगेको छ । राष्ट्रिय सभामा ३३ र प्रतिनिधि सभामा १२१ गरी एमालेका १५४ सांसद थिए । त्यसको २० प्रतिशत पुर्याउन माधव समूहलाई ३१ जना आवश्यक थियो ।

तर ३० जनालेमात्र सनाखत गर्दा उसले संसदीय दलमा २० प्रतिशत पुर्याउन सकेन । यस्तै साविकको एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्याउन ४१ जना आवश्यक पर्नेमा ५५ जनाले सनाखत गरेकाले अब केन्द्रीय सदस्यको संख्याका आधारमा सो दलले वैधता पाउने देखिएको छ।

 

यी हुन् नेपालतर्फबाट हस्ताक्षर गर्ने केन्द्रीय सदस्य

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्