नेपाली काँगेस जिल्ला सभापतिहरुको रिले अनसन सुरु – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

नेपाली काँगेस जिल्ला सभापतिहरुको रिले अनसन सुरु

    मा प्रकाशित

भदौ ९, दाङ ।
नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनसन शुरु गरेका छन् ।क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले आजबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।

 

काँग्रेसका नुवाकोटा जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले आज तीन जिल्ला सभापति अनसनमा बसेको जानकारी दिनुभयो । नुवाकोट जिल्ला सभापति केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमला पहिलो दिन रिले अनशनमा बसेका छन् ।प्रत्येक दिन नयाँ तीन जिल्ला सभापति अनशनमा बस्ने केसीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्