मौसम अपडेट : भारीदेखि अति भारी वर्षाको सम्भावना – Kanika Khabar
Friday, April 19Nepali News Portal

मौसम अपडेट : भारीदेखि अति भारी वर्षाको सम्भावना

    मा प्रकाशित

भदौ १०, दाङ ।
आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । मनसुनी वायु सक्रिय हुँदै गएकाले आज दिउँसो प्रदेश १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने अति भारी वर्षा हुँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै राति प्रदेश १, २, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा निकै भारी वर्षा हुँदा प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

अरु धेरै ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने क्रम शनिबारसम्म नै चल्ने भएकाले बाढी पहिरोको जोखिम बढ्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्