नेकपा एकीकृत सरकारमा जान्छ, पाँच वर्षसम्म सक्रिय राजनीतिमा लाग्ने : अध्यक्ष नेपाल – Kanika Khabar
Monday, May 25Nepali News Portal

नेकपा एकीकृत सरकारमा जान्छ, पाँच वर्षसम्म सक्रिय राजनीतिमा लाग्ने : अध्यक्ष नेपाल

    मा प्रकाशित

भदौ १०, काठमाडौँ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताउनुभएको छ । नयाँ दलले मान्यता पाएपछि आज पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष नेपालले सरकारमा जाने बताउनुभयो ।

सत्तारुढ गठबन्धनमा आफूहरु भएपनि हिजोका दिनमा भन्न गाह्रो भएको भन्दै उहाँले अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजाने बताउनुभयो ।उहाँले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने पनि बताउनुभयो ।

अध्यक्ष नेपालले साबिकको नेकपामा झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको प्रतिवेदन अनुसार अघि बढ्ने भन्दै नेपालको हित कुठाराघात नहोस् र कुनै पनि देशविरुद्ध लक्षित नहोस् भन्ने मात्र चाहेको उल्लेख गर्नुभयो ।सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको पनि बताउनुभयो ।उहाँले बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको भन्दै आजीवन राजनीति नगर्ने पनि प्रष्ट पार्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्