पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध – Kanika Khabar
Sunday, May 31Nepali News Portal

पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध

    मा प्रकाशित

देवराज सुवेदी
भदौ ११, सिन्धुपाल्चोक ।
लगातारको बर्षा र बाढीले निरन्तर पहिरो खस्दा सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । आज बिहान करिव ६ बजे मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरोमा माथिबाट पहिरो खसिरहेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको हो ।

 

ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले पहिरो निरन्तर खसिरहेकाले बैकल्पीक मार्गबाट यात्रा गर्न अनुरोध गर्नुभयो । राजमार्ग अवरुद्ध भएसँगै मेलम्चीबाट काठमाडाँै र काठमाडाँैबाट मेलम्ची जाने यातायात र यात्रु अलपत्र परेका छन् । यसअघि पनि यस ठाँउमा निरन्तर पहिरो खसिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्