विश्वासको मत पाउने आधारसहित मुख्यमन्त्री परिवर्तन गरेको एमालकोे दाबी – Kanika Khabar
Sunday, March 3Nepali News Portal

विश्वासको मत पाउने आधारसहित मुख्यमन्त्री परिवर्तन गरेको एमालकोे दाबी

    मा प्रकाशित

भदौ ११, काठमाडौँ ।
माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै बस्नुभएका भिम आचार्य मुख्यमन्त्री शेरधन राईले पद छाडेपछी प्रदेश १ को मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । हिजो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथ ग्रहणपछि आचार्यले मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको हो ।

९३ सदस्यीय प्रदेशसभामा एमाले प्रष्ट बहुमत (५२) सांसद भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । पार्टीमा भएको १० बुँदे सहमतीको कार्यान्वयन स्वरुप मुख्यमन्त्री परीवर्तन गरेको एमालेका नेता जीवन घिमिरेले सीआईएनलाई बताउनुभयो । मुख्यमन्त्री परिवर्तन गर्नु पार्टी एकताको सन्देश समेत भएको उहाँले बताउनुभयो ।

केन्द्रमा भएको पार्टी विभाजनले प्रदेश १ को संसदीय दल भित्र विश्वासको मत नपाउने गरि विभाजन नहुने एमाले नेताको दाबी छ । एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेकाले प्रदेश १ का सांसदहरुले २१ दिनभित्र दल रोज्नुपर्नेछ प्रावधान छ ।

एमालेका चार सांसदले एकीकृत समाजवादी रोजे आचार्य अल्पमतमा पर्नुहुनेछ । तर १० सांसद एमाले छाडेर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने हुनाले आचार्यले विश्वासको मत पाउने सम्भावना नभएको प्रदेश १ को नेकपा एकीकृत समाजवादी पार्टी समर्थक सांसदहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्