पाल्पाको रामपुरमा २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पूर्ननिर्माण शुरु – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

पाल्पाको रामपुरमा २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पूर्ननिर्माण शुरु

    मा प्रकाशित

रमा भण्डारी
भदौ ११, पाल्पा ।
पाल्पाको रामपुर नगरपालिकामा ऐतिहासिक पाटीको पूर्ननिमार्ण सुरु भएको छ । रामपुर नगरपालिका वडा नम्वर ४ खोप्टारमा रहेको २ सय वर्ष पुरानो ऐतिहासिक पाटीको पूर्ननिमार्ण सुरु गरिएको हो ।

 

ऐतिहासिक सम्पदाको रुपमा रहेको पाटीको पुरातत्व विभाग मार्फत नेपाल सरकारको आर्थिक सहयोगमा पुरानै शैलिमा पूर्ननिमार्ण गर्न लागिएको हो । पाटी पूर्ननिमार्णको शिलान्यास गदै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले नगर भित्रका सम्पदाहरुको संरक्षण र प्रवद्र्धनको लागि प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले धार्मिक पर्यटन सँग जोडिएको क्षेत्रको संरक्षणका लागि आवश्वक पहल गरिरहेको बताउदै ऐतिहासिक तथा धार्मिक सम्पदाबाट थप उर्जा प्राप्त हुने बताउनु भयो ।

 

तत्कालिन समयमा उक्त पाटिमा बटुवाहरुलाइ गाँसबासको व्यवस्था हुनुका साथै केलादि घाट नाका भएर बटौलि,भारत,पर्वत,बाग्लुङ,तनहुँ,स्याङ्जा र नवलपरासी सहित यस क्षेत्रका बटुवाहरुको लागि आश्रय प्रदान गर्ने ऐतिहासिक पाटीलाई २०७२ सालको भुकम्पले थप क्षति गरेको थियो । २०८० साल असार सम्म काम सम्पन्न हुने लक्ष्मी नारायण गुठिका अध्यक्ष बुद्धिप्रकास रेग्मीले बताउनु भयो । पुननिर्माण हुने धार्मिक महत्व बोकेको पाटी करीव २ रोपनी क्षेत्रफलमा निमार्ण हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्