जापानको सरकारले भाइरस राहतका लागि थप बजेट पेस गर्‍यो – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

जापानको सरकारले भाइरस राहतका लागि थप बजेट पेस गर्‍यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ

जापानको सरकारले कोरोना भाइरसको महामारीसँग लड्नका लागि आर्थिक २०२०मा दोस्रो अतिरिक्त बजेट मस्यौदामा संसदमा पेश गरेको छ । चिकित्सा प्रणालीलाई सुदृढ पार्नका लागि थप उपायहरु कार्यान्वयन गर्नका लागि थप बजेटको आवश्यकता भएपछि पेस गरिएको बजेट मस्यौदा ३१।९१ ट्रिलियन जापानिज एेन अर्थात् २९१ विलियन अमेरिकन डलर रहेको छ ।

कोरोना भाइरसबाटको प्रकोप शुरु भएपछि गत अप्रिलदेखि घरमा बस्न अनुरोध गरेपछि संघर्ष गरिरहेका साना फर्महरु का साथै भाइरस विरुद्धको लडाईमा अग्रपङ्तिमा रहेर काम गरिरहेका चिकित्सकहरुलाई समेतलाई सहयोग गर्ने उद्देश्यले ल्याइएको ११७ ट्रिलियन जापानिज येनको पूरक बजेट मे २७ मा मन्त्रिपरिषदले अनुमोदन गरेको थियो ।

अप्रिलबाट सुरु हुने वर्षको बजेट बुधवार प्रतिनिधि सभाले अनुमोदन हुने छ र अर्को दिन हाउन्स अफ काउन्सिलरमा पारित भएपछि लागू हुने छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्