पार्टीमा युवाहरुलाई नेतृत्व दिन मन छ : प्रचण्ड – Kanika Khabar
Sunday, March 3Nepali News Portal

पार्टीमा युवाहरुलाई नेतृत्व दिन मन छ : प्रचण्ड

    मा प्रकाशित

भदौ १२, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताउनुभएको छ । आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म आफुले सुख पाउने सम्भावना नरहेको उहाँले बताउनुभयो । छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ , आज काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उहाँले भन्नुभयो ।

 

प्रचण्डले युवाहरु तयार नहुँदासम्म मैले आफुले सुख पाउने अवस्था नआएको पनि बताउनुभयो । युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डको भनाइ थियो । जनयुद्धको समयमा भन्दा युवाहरु प्रिवर्तन भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्