थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ३७६२, ४८८ जना घर फर्किए – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

थप ३१४ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या ३७६२, ४८८ जना घर फर्किए

    मा प्रकाशित

कनिका डेस्क

जेठ २६, दाङ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको वताए ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा २० पुरुष र १ महिला गरी २१ जना निको भएर घर फर्किएका छन् । यससँगै कुल निको हुनेको संख्या ४ सय ८८ पुगेको छ । जसमध्ये ४ सय १९ जना पुरुष र ६९ जना महिला रहेकाछन ।

हाल सम्म कुल १ लाख ९ सय ७२ पीसीआर परीक्षण भएकाछन भने १ लाख ५६ हजार ९ सय ९१ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६६ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने आरडिटी परीक्षण ११ हजार ९ सय ४२ जनाको गरी कुल १६ हजार ७ सय ८ वटा परीक्षण भएको छ ।

सोमबार देशभर १ लाख ६६ हजार ६ सय ६८ जना क्वारअन्टिनमा रहेका छन भने आइसोलेसनमा रहने विरामीको संख्या ३ हजार २ सय ६० जना रहेका छन् ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट स्याङजा जिल्ला वालिङ नगरपालिका वडा नं. ३ का वर्ष ५८ का एक जना पुरुषको निधन भएकोको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्